कांग्रेस बागमतीको कार्यसम्पादन समितिको बैठकः विश्वासको मत नदिने निर्णय
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठक प्रदेश सम्पर्क कार्यालय, ललितपुरमा बसेको हो ।
सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
साथै उक्त बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस बागमती प्रदेश सभा संसदीय दललाई निर्देशन दिने निर्णयसमेत गरेको जनाइएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते आइतबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।
नेकपा एमालेबाट मन्त्री बनेका पाँच जनाले सामूहिक रुपमा राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।