सिमलताल पहिरोः बेपत्ता बस र यात्रु खोज्न भारतीय उद्धार टोली खटियो
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र यात्रु खोज्न भारतीय उद्धार टोली खटिएको छ ।
सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै बेपत्ता भएका यात्रुहरुको खोजी गर्न १२ सदस्यीय भारतीय उद्धार टोली खटिएको हो ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स र काठमाडौंबाट गौरको लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपती डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
बेपत्ता यात्रुमध्ये शुक्रबार अपराह्नसम्म २३ जनाको शव भेटिएको छ । अन्यको भने खाजीकार्य जारी छ ।