देशभर १५ सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि

तु खबर संवाददाता
२०८१ श्रावण ६,आईतवार १६:३१

काठमाडौं । पछिल्लो समय देशभर डेंगु संक्रमितको संख्या बढ्दो छ । लगातार पानी परिरहेकाले डेंगु सङ्क्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

उक्त शाखाका अनुसार, देशको ७३ जिल्लाका १ हजार ५ सय ५७ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्ला जिल्ला बाहेक सबै जिल्लामा डेंगुको संक्रमितको संख्या रहेका छन् ।

उक्त तथ्याङ जनवरीदेखि हालसम्मको हो । डेंगु संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौंमा भेटिएको छ । त्यहाँ १ सय ९६ जनामा डेंगु संक्रमित फेला परेको हो ।

डेंगु संक्रमण भएमा उच्च ज्वरो आउने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, आँखाको गेडी बेस्सरी दुख्नु, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु तथा बान्ता हुनुजस्ता लक्षण देखा पर्ने जनाइएको छ ।