सौर्य एयरको जहाज दुर्घटनामा १८ को मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । आज काठमाडौं बाट पोखरा जान लागेको जहाज काठमाडौं एयरपोर्टमा दुर्घटना भएको थियो ।
जहाजमा १९ जना सवार थिए भने क्याप्टेन मनिष शाक्यको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । अन्य १८ जनाको शव फेला परेको हो ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।