सौर्य जहाज दुर्घटना: यी हुन् चालक दलका सदस्यसहितका यात्रु
![](https://www.tukhabar.com/wp-content/uploads/2019/02/accident-tukhabar.png)
काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण खुलेको छ ।
एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको जानकारी दिए ।
बुधबार बिहान विमानस्तल भित्रै भएको उक्त दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा जहाजका को–पाइलट सुशान्त कटुवाल, अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले रहेका छन् ।
यसैगरी, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र विदेशी नागरिक (यमन) का आरिफ रेडाको उक्त दुर्घटनामा परेर मृत्यु भएको जनाइएको छ ।
उक्त जहाजमा १९ जना सवार थिए । तीमध्ये क्याप्टेन मनिष शाक्यको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।