वैदेशिक रोजगारीमा जाने विना धितो ऋण पाइने

तु खबर संवाददाता
२०८१ श्रावण ११,शुक्रबार १६:२४

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण पाइने भएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको जानकारी दिएको हो ।

सार्वजनिक मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको उल्लेख छ ।

गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१–८२ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार राष्ट्र बैंकले सो व्यवस्था गरेको जनाएको छ ।