आज नेप्से २० अकंले घट्दा साढे १९ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक घटेको छ ।
आज नेप्से परिसूचक २० दशमलव ६३ अकंले घटेर २६६० दशमलव ९३ बिन्दुमा पुगेर रोकिएको हो ।
आज नेप्से परिसूचना घट्दा पनि कारोबार भने निकै उच्च भएको देखिन्छ ।
आज ३२५ कम्पनीको ४ करोड ७६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार ११ उपसचूक राताम्य भएका छन् ।