त्रिशुलीमा बेपत्ता दुई बस र यात्रु खोजिदिन चीनसँग आग्रह
काठमाडौं । त्रिशुलीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजी गरिदिन सरकारले चीन सरकारसँग आग्रह गरेको गरेको छ ।
गृह मन्त्रालयले गत असार २८ गते शुक्रबार नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको सिमतालमा पहिरोमा परी त्रिशुलीमा बेपत्ता भएको दुई बस र यात्रु खोजिदिन चीन सरकारलाई आग्रह गरेको हो ।
यसअघि नेपालले भारत सरकारलाई पनि बस खोजिदिन आग्रह गरेको थियो । सो आग्रहअनुसार भारतीय प्राविधिक टोली नेपाल आएर त्रिशूलीमा बस खोजबिन गरेको थियो । तर, फेला नपरेपछि उक्त भारतीय टोली पर्किसकेका छन् ।
नेपालस्थित चिनियाँ राजदूतावाससँग अनौपचारिक कुराकानी भइरहेको र सकारात्मक कुरा आएपछि औपचारिक रूपमा पत्र नै पठाउने गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव एवम् विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा.भीष्म भुसालले उद्धारका लागि चाहिने सामाग्रीका लागि सरकारले चीनलाई पत्र नै पठाएको बताए ।