आइतबार उपत्यकामा सार्वजनिक विदा
काठमाडौं । सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन सार्वजनिक विदा दिइएको हो ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ,‘मिति २०८१ साल साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौ उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’