कर्णालीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिँदै
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आगामी सोमबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।
कँडेलले साउन २१ गते सोमबार संसद्बाट विश्वासको मत लिन लागेका हुन् । कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने कार्यको लागि प्रदेश सभा बैठक आह्वान गरिसकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनको लागि शनिबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका हुन् ।