आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा

तु खबर संवाददाता
२०८१ श्रावण २०,आईतवार ०८:२६

काठमाडौं । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले यस दिन काठमाडौं उपत्यको तीन जिल्लामा सार्वजनिक विदा दिएको हो ।

गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।