एसईईको पूरक परीक्षा आजबाट सुरु
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजबाट सुरु हुने भएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
पूरक परीक्षा साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । बोर्डले २०८० चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा असार १३ मा सार्वजनिक गरेको थियो ।
यस वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
बोर्डका अनुसार, यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थीहरु रहेका छन् । तर, सबैले पूरक परीक्षाको फारम नभरेको हुनसक्ने भएकाले त्यो संख्यामा केही फरक पर्नसक्नेछ ।