अष्ट्रेलियामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केन्स शहरको एक होटलको छतमा ठोक्किएर हेलिकोप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको हो ।
क्विन्सल्याण्ड प्रहरीका अनुसार, हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनको घटनास्थलमै मृत्यु भएको हो ।
हेलिकोप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिइएको थियो ।
होटलका ८० र ७० वर्षका दुई जना पाहुनालाई भने अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ । –एजेन्सी