बागमती र सुदूरपश्चिमका प्रदेश प्रमुखबीच शिष्टाचार भेटवार्ता

तु खबर संवाददाता
२०८१ श्रावण २८,सोमबार १८:४५

मकवानपुर । बागमती र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँबीच सोमबार भेटवार्ता भएको हो ।

उनीहरुबीच सुदूरपश्चिमको अस्थायी राजधानी कैलालीमा भेटवार्ता भएको हो । देवकोटा सुदूरपश्चिमका बासिन्दा हुन् ।

सो भेटमा बागमतीका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाइ तथा सफल कार्यकालको शुभकामना दिए ।

सोही भेटमा उनीहरुबीच दुई प्रदेशको समन्वय र सहकार्य तथा विकासका सन्दर्भमा छलफल भएको बागमतीका प्रदेश प्रमुख देवकोटाको सचिवालयले जानकारी दिएको छ ।

देवकोटा गत साउन १४ गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुखमा सिफारिस भई साउन १७ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।