कैलाश हत्या प्रकरणः पक्राउ परेकामाथि अनुसन्धान गर्न १० दिनको म्याद थप
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका पुरुषमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरिएको छ ।
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका कैलाश गाउँपालिका वडा नम्वर ५, कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मंगलबहादुर पाख्रिनलाई बुधबार जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराएको थियो ।
सो क्रममा जिल्ला अदालत मकवानपुरले १० दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् निमित्त प्रवक्ता ओम पण्डितले जानकारी दिए ।
प्रहरी निरीक्षक पण्डितका अनुसार, मंगलबहादुरले बन्चोर प्रहार गरी आफ्नै श्रीमती २० वर्षीया लक्ष्मी पाख्रिनको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
यस्तो छ घटनाको विवरणः प्रहरी
यो घटना हो, यही साउन २८ गते सोमबारको । मंगलबहादुरले आफ्नै श्रीमती लक्ष्मीको हारिलो हतियार बन्चरो प्रहार गरी हत्या गर्यो भन्ने खबर स्थानीयले प्रहरी दियो ।
उक्त खबर पाएलगतै इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थल पुग्यो । घटनास्थल पुगेको पालुङ प्रहरीले घटना गम्भीर भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली माग गर्यो ।
प्रहरी टोली माग भए बमोजिम अनुसन्धान अधिकृत प्रहरी निरीक्षकको कमाण्डमा साउन २९ गते मंगलबार बिहानै घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालयको टोली पुग्यो ।
उक्त घटनास्थलमा पुगेको प्रहरीको अनुसन्धान टोलीले घटनाको प्रकृतिलाई शुक्ष्म तरिकाले अध्ययन गरी प्रारम्भिक अनुसन्धान अगाडि बढायो । अनुसन्धानको क्रममा मृतक लक्ष्मीको श्रीमन् मंगलबहादुरलाई प्रहरीले सोधपुछ गर्यो ।
सो क्रममा मंगलबहादुरले श्रीमती लक्ष्मीको हत्या गरी कालीखोलास्थित सामुदायिक वनमा लगी खाल्डो खनी गाडेको अवस्थामा शव भेटियो । अनुसन्धानको क्रममा मंगलबहादुरले श्रीमती लक्ष्मीको हत्या साउन २८ गते होइन, साउन २७ गते दिउँसो २ बजेको समयमा नै गरेको प्रहरी समक्ष बताए ।
यतिमात्र होइन, मंगलबहादुरले लक्ष्मीको हत्या मात्र गरेनन् । उनले श्रीमती लक्ष्मीको घरभित्र हत्या गरेर उनको शवलाई सोही बन्चरोले ११ वटा टुक्रा बनाई दुई वटा बोरामा हाली कालीखोलास्थित सामुदायिक वनमा लगेर खाल्टो खनी गाड्न पनि भ्याएछ ।
लक्ष्मीले लगाएको कपडा, हत्यामा प्रयोग भएको हतियार पनि मंगलबहादुरले छुट्टाछुट्टै खाल्टो खनी लुकाएछन् । उनले कपडाहरु शव गाडेको स्थानभन्दा केही अगाडि बोरामा हाली खाल्टो खनी गाडेको र घटनामा प्रयोग भएको धारिलो हतियार बन्चरोको बिड फुकाली घर भन्दा पुर्वतर्फ खाल्टो खनी गाडेको घटनास्थल पुगेको प्रहरी समक्ष बताए ।
मंगलबहादुरले बताएअनुसार प्रहरीले लक्ष्मीको शव, कपडा, बन्चरोको बिड सबै खाल्टोबाट लिकाली बरामद गर्यो । प्रहरीले मंगलबार नै उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरीको कार्यालयमा ल्यायो ।
उनीमाथि आवश्यक अनुसन्धान गर्न साउन ३० गते जिल्ला अदालत ममकवानपुरमा उपस्थित गराईएको थियो । बुधबार अदालत उपस्थित गराएका उनीमाथि आवश्यक अनुसन्धान गर्न १० दिनको म्याद थप गरिएको छ ।
‘मंगलबहादुरलाई हिरासतमा राखी उक्त घटनाबारे आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएका छौं’, मकवानपुरका प्रहरी निरीक्षक पाण्डेले बताए ।