रोल्पामा पहिरोमा परेर १ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र २,आईतवार १४:३३
सांकेतिक तस्वीर

रोल्पा । रोल्पामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ  ।

जिल्लाको रोल्पा नगरपालिका २ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आइतबार बिहान पहिरो खस्दा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रोल्पा नगरपालिका– १ घर भई सोही चर्चमा बस्दै आएकी ७० वर्षकी धनजिता बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त पहिरोमा पुरिएर अर्का दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा रोल्पाको सुन छहारी गाउँपालिका– ३ बस्ने १८ वर्षीय नौमा घर्तीमगर र सोही ठाउँ बस्ने २८ वर्षीय सागर बुढा मगर रहेका छन् ।

घाइते नौमालाई उपचारका लागि बुटवलतर्फ लगिएको छ भने सागरको स्थानीय अस्पतालमा लगिएको जनाइएको छ ।