गढीमा एक जनाको हत्या

तु खबर संवाददाता
२०८१ भाद्र ३,सोमबार १३:३७

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–२ मा एक जनाको हत्या भएको छ । हत्या हुनेमा गढी गाउँपालिका–६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेव रहेका छन् ।

उनको शव थलाहा टोलमा टाउको अलग भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनले सिमेन्ट, बालुवाको रिङ बनाउने काम गर्दै आएका थिए ।

उक्त घटनामा शंकास्पद रहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।