बझाङ पहिरोः मृतक परिवारलाई प्रदेश सरकारले जनही १ लाख दिने

तु खबर संवाददाता
२०८१ भाद्र ३,सोमबार १४:२५

धनगढी । बझाङमा गएको पहिरोमा परेर मृत्यु भएका बीरबहादुर धामीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप जनही एक लाख दिने भएको छ ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन् ।

शाहले जारी गरेको विज्ञप्तिमा मृतकका परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति एक–एक लाखका दरले प्रदान गर्ने उल्लेख गरिएको छ ।

गएराति घर माथिबाट पहिरो खस्दा बझाङको बुङ्गल नगरपालिका–१० को टुमेडागाउँका बिरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो ।

पहिरोमा परेर धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएको जनाइएको छ ।