७४ जिल्लामा फैलियो डेंगु

तु खबर संवाददाता
२०८१ भाद्र ३,सोमबार १६:१५
file-photo

काठमाडौं । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार देशभरको ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु संक्रमित भेटिएको हो ।

सन् २०२४ को सुरू अर्थात् गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।

गण्डकीमा १ हजार ४४८, बागमतीमा ९२८, कोशीमा ६३९, लुम्बिनीमा ३२८, सुदूरपश्चिममा २९५, मधेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।

अब मनसुन बिस्तारै रोकिँदै गएसँगै डेंगुका बिरामी बढ्न सक्ने इडीसीडीले जनाएको छ ।