मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् ।
मंगलबार बसेको प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत खसालेका थिए ।
यस्तै, आचार्यले राखेको प्रस्तावको विपक्षमा ११ जनाले मत खसालेका थिए भने ५ जना अनुपस्थित भएका थिए ।
आचार्य नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि गत साउन ७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।