मकवानपुर जिल्ला लिग फुटबलको मिति सर्याे
![](https://www.tukhabar.com/wp-content/uploads/2018/03/Football_Tukhabar.jpg)
मकवानपुर । मकवानपुर जिल्ला लिग फुटबलको मिति सरेको छ । यही भदौ ७ गतेबाट हुने भनिएको उक्त प्रतियोगिता एकहप्ता पछि धकेलिएको हो ।
बुधबार बसेको आयोजक मकवानपुर जिल्ला फुटबल संघको कार्यसमितिको आकस्मिक बैठकले प्रतियोगिता एक हप्ता पर सारेको फुटबल संघका उपाध्यक्ष युवराज लामाले जानकारी दिए ।
बैठकले झरी वर्षाका कारण मौसम अनुकुल नरहेको भन्दै प्रतियोगिता एक सातापछि भदौ १४ गतेबाट गर्ने गरी सारेको उपाध्यक्ष लामाले बताए ।
उनका अनुसार, भदौ ९ गतेसम्म टिम दर्ता, १० गते खेल तालिका सार्वजनिक र १४ गतेबाट लिग संचालन हुनेछ ।