पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडकखण्ड हाल अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, ललितपुर जिल्लाको झाँक्री डाँडामा पहिरो जाँदा भट्टेडाडाबाट मकवानपुरतर्फ आउने कान्तिलोकपथ अवरुद्ध भएको हो ।
हिजो बुधबार साँझ ७ बजेर ४५ मिनेटको समयमा पहिरो गएको थियो । उक्त पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाइएको छ ।
यस्तै, हेटौंडाबाट काठमाडौंतर्फ त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, मातातिर्थ, पूर्व–पश्चिम राजमार्गमा भने यातायात संचालन भइरहेको छ ।