सहकारी छानबिन समिति: रवि लामिछानेलाई साधेपुछका लागि बोलाइयो

तु खबर संवाददाता
२०८१ भाद्र ६,बिहीबार १६:५६
file-photo

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोधपुछका लागि बोलाएको छ ।

समिति सभापति सूर्य थापाले दिएको जानकारी अनुसार, पूर्व उपप्रधानमन्त्री समेत रहेका लामिछानेलाई शुक्रबार सोधपुछका लागि बोलाइएको हो ।

उनलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि बोलाइएको हो ।

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पनि सोधपुछको लागि बोलाइएको छ । जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाएको जनाइएको छ ।