संखुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०८१ भाद्र ७,शुक्रबार १६:४३

काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर शुक्रबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ः०७ मिनेटमा ३ दशमलव ९ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।

पछिल्लो समय देशको विभिन्न जिल्लामा केन्द्रविन्दु बनाएर पराकम्प जाने गरेको छ । यसअघि ताप्लेजुङलगायतका जिल्लामा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको थियो ।