विपद्को घटनामा परेर २०३ जनाको मृत्यु, १५४ जना बेपत्ता

तु खबर संवाददाता
२०८१ भाद्र ९,आईतवार १७:४३

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को विभिन्न घटनामा परी आइतबार दिउँसोसम्म २ सय ३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्को घटनामा परी कोशी प्रदेशमा २८ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३९ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ६२ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ५१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

यस्तै, सो अवधिमा विपद्को घटनामा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५४ जना बेपत्ता भएका छन् । बेपत्ता उनीहरुको खोजी कार्य जारी छ ।