मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०८१ भाद्र १५,शनिबार १०:१९

काठमाडौं । मनाङको थोचे आसपास भएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर भूकम्पको धक्का महसुसको जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।

पछिल्लो समयमा देशको विभिन्न स्थानमा केन्द्रविन्दु बनाएर परकम्प गइरहेको छ ।

यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो ।