राजस्व चुहावट नियन्त्रण गर्न दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन

तु खबर संवाददाता
२०८१ भाद्र १६,आईतवार १७:३७
file-photo

काठमाडौं । राजस्व चुहावट नियन्त्रण गर्न दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन गरिएको छ ।

अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको हो ।

जसमध्ये पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन गरिने भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार, एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप–महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप–महानिर्देशकले गर्नेछन् ।

सो टोलीले कानुन अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्ने उनको भनाई छ ।

यसैगरी, आवश्यकता अनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिने जनाइएको छ ।