चितवनमा चट्याङ लागेर महिलाको मृत्यु

चितवन । चितवनको माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
चट्याङ लागेर जिल्लाको माडी नगरपालिका–१ शिकारीपुरमा ५० वर्षीया सरस्वती महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, गोठमा भैंसीलाई कुडो खुवाउन गएका बेला उनलाई चट्याङ लागेको थियो ।
महतोको टाउको, ढाड, खुट्टा र शरीरका अन्य भाग जलेको जनाइएको छ ।