बागमती प्रदेश प्रहरी प्रमुखमा कृष्णहरि पोखरेल

तु खबर संवाददाता
२०८१ भाद्र १८,मंगलवार १५:५८

मकवानपुर । बागमती प्रदेश प्रहरी प्रमुख (डीआईजी) मा कृष्णहरि शर्मा पोखरेललाई सरुवा गरिएको छ ।

गृह मन्त्रालयले नेपाल प्रहरीका ३ जना डीआइजीहरुको सरुवा गरेको छ । तीमध्ये बागमती प्रदेश प्रहरी प्रमुखमा पोखरेललाई सरुवा गरिएको हो ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा किरण राणा र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भरतबहादुर बोहरालाई काज सरुवा गरिएको छ ।

३० वर्षे सेवा अवधिका कारण भदौ १६ मा नेपाल प्रहरीका ९० अधिकृत एकसाथ अवकाश भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसी र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविकुमार पौडेल एकसाथ अवकाश भए ।

डीआइजी विष्णु केसी अवकाश भएपछि बागमती प्रदेशमा डीआइजीको पद रिक्त थियो । विमानस्थल र उपत्यका ट्राफिकमा पनि केही समयदेखि डीआइजी थिएनन् ।