डेंगुबाट मृत्यु हुनेको संख्या चार पुग्यो

तु खबर संवाददाता
२०८१ भाद्र १८,मंगलवार १६:०९
file-photo

काठमाडौं । डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार, देशभर डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको हो ।

यस्तै, सो अवधिमा ६ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

ईडीसीडीका अनुसार, गत माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सो संख्यामा सङ्क्रमित र चार जनाको मृत्यु भएको हो । देशको ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका जिल्लामा सङ्क्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । त्यहाँ तीन हजार २२९ जना अर्थात् ४७.३ प्रतिशत सङ्क्रमित रहेका छन् ।

यसैगरी, बागमती प्रदेशमा १ हजार ७२३ जना, कोशीमा ८१५ जना, मधेसमा १०६ जना, लुम्बिनीमा ४७४ जना, कर्णालीमा १०५ जना र सुदूरपश्चिममा ३७९ जनामा डेंगु सङ्क्रमित फेला परेका छन् ।