शेयर अभिमुखीकरण तालिमको तयारी पूरा

तु खबर संवाददाता
२०८१ भाद्र १९,बुधबार १५:२५

मकवानपुर । लियो क्लब अफ पिस थाहा नगरको आयोजनामा यही भदौ २२ गते संचालन हुने १ दिने शेयर अभिमुखीकरण तालिमको तयारी पूरा भएको छ ।

शनिबार थाहा नगरको जेसीज हलमा हुने तालिमाको सबै तयारी पूरा भएको क्लबका सचिव अजय कार्कीले जानकारी दिए ।

सचिव कार्कीले तालिममा १ सय जनालाई सहभागी गराइने बताए । साथै उनले इच्छुक व्यक्तिले नाम दर्ता गराई सिट सुरक्षित राख्न पनि अनुरोध गरेका छन् ।

शेयर अभिमुखिकरण तालिमको नेपाली सेयर बजारका विज्ञ सुबासचन्द्र भट्टराईले सहजीकरण गर्ने आयोजकले जनाएको छ । भट्टराई लामो समयदेखि नेपाली शेयर बजारमा सक्रिय छन् ।

भट्टराईको अनुभव नयाँ लगानीकर्ता र सेयर बजारको बिषयमा चासो राख्नेहरुका लागि उत्प्रेरणा हुने भएकोले तालिमको आयोजना गरिएको क्लवका सचिव अजय कार्कीले बताए ।

शनिबार बिहान १० बजेदेखि तालिम सञ्चालन हुनछ । क्लबका अध्यक्ष शिशिरकुमार खत्रीले तालिममा शेयर सम्बन्धी आधारभूत ज्ञान, समसामयिक जानकारी र परामर्श दिइने भएकोले शेयर बजारका विषयमा जानकारी लिन चाहने सबैको लागि तालिम उपयुक्त हुने बताए ।

यस्तै, क्लबका पूर्व अध्यक्ष कमल बिष्टले सेयर बजारमा लगानी गर्नुपूर्व बजार, कम्पनी लगायतको बरेमा बुझेर लगानी गर्दा प्रतिफल राम्रो हुने र सेयर बजारमा नयाँ लगानीकर्ताहरुलाई प्रोत्सहान गर्न तालिमको आयोजना गरिएको बताए ।