मिस्टर नेपालको सेकेण्ड रनरअप हेटौंडाका बोम्जनलाई बधाई तथा शुभकामना प्रदान
मकवानपुर । मिस्टर नेपालको सेकेण्ड रनरअप हेटौंडाका आयुष बोम्जनलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
कार्यक्रम सोमबार टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा–१५ को आयोजना भएको हो ।
बोम्जन मिस्टर नेपाल २०२४ प्रतियोगितामा सहभागी भएका थिए । हेटौंडा–१५ नम्बर वडाका निवासी बोम्जन मिस्टर नेपाल २०२४ को प्रतिस्पर्धामा उत्रिएर सकेण्ड रनरअप भएका हुन् ।
यस्तै, उनले पपुलर अवार्ड समेत प्राप्त गरेका छन् । प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपालका अनुसार १८ देखि ३२ वर्ष उमेर समूहका युवाहरू यस प्रतियोगितामा सहभागी भएका थिए ।
टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा–१५ का अध्यक्ष सिंहबहादुर विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१५ नम्बर वडाका वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
सो क्रममा प्रमुख अतिथि मोक्तानले बोम्जनको यो उचाईले हेटौंडा–१५ नम्बर वडालाई मात्रै नभई मकवानपुरलाई नै चिनाउन सफल भएको बताए ।
देशको ठुलो ओहोदामा पुग्ने सबै गाउँमै पढेका र हुर्किएका व्यक्तिहरु रहेको बताउँदै अध्यक्ष मोक्तानले भने, ‘देशको वर्तमान प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मुख्य सचिव देखि सबै व्यक्तिहरु गाउँबाटै आएका हुन् ।
कार्यक्रममा १५ नम्बर वडाका वडा सदस्य सिंह बहादुर लो, लुनु विश्वकर्मा, चुरियामाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर बोम्जन लगाएत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।