५ जिल्लाका सीडीओको सरुवा

तु खबर संवाददाता
२०८१ भाद्र २६,बुधबार ०८:५९

काठमाडौं । गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रालयले काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, प्युठान र अर्घाखाँची जिल्लाका सीडीओको सरुवा गरेको हो ।

जसअनुसार, काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ । काठमाडौंमा कार्यरत जितेन्द्र बस्नेतलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए । त्यस्तै, सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मालाई सीडीओको जिम्मेवादी दिएको छ ।

यसैगरी, प्युठानमा रमा आचार्य सुवेदी र अर्घाखाँचीमा बाबुराम अर्याललाई सीडीओको जिम्मेवारी दिएको छ ।