पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध

तु खबर संवाददाता
२०८१ भाद्र २७,बिहीबार ०९:१४

जुम्ला । पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध बनेको छ । गएरातिको अविरल वर्षाले कालीकोट क्षेत्रमा पहिरो गएपछि उक्त राजमार्ग पुनः अवरुद्ध भएको हो ।

कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएकोले सडक पूर्ण रुपमा अवरुद्ध भएको  जनाइएको छ ।

लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको भन्दै प्रहरीले सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्री अलपत्र परेको जनाएको छ ।

उक्त राजमार्गमा निरन्तर पहिरो जाँदा आवागमनमा कठिनाइ भएको छ ।

साथै सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ ।