ब्रेक लाग्यो शेयर बजारको ओरालो यात्रामा, ७८ अकंले बढ्यो नेप्से
काठमाडौं । केही दिनदेखि लगातार ओरालो यात्रा लागेको शेयर बजारमा आज भने ब्रेक लागेको छ । ६ दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार आज पुनः लयमा फर्किएर ब्रेक लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८ दशमलव १७ अकंले बढेर २ हजार ६६६ दशमलव ३८ बिन्दुमा कायम भएको छ ।
यसदिन ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर किनबेच भएको छ भने ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।
यस्तै, आज १२ उपसूचकमा हरियाली छाएको छ भने ७ कम्पनीको शेयरमा सकारात्म सर्किट लागेको छ । आज २२९ कम्पनीको मूल्य बढ्दा १२ कम्पनीको मात्र घटेको जनाइएको छ ।