मकवानपुरमा थप २४ जनामा डेंगु पुष्टि

तु खबर संवाददाता
२०८१ भाद्र २७,बिहीबार १८:२५

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २३ र मनहरी गाउँपालिकाका एक जना गरी थप २४ मा डेंगु पुष्टि भएको हो ।

यससँगै जिल्लामा डेंगु संक्रमितको संख्या ३ सय ७० जना पुगेको छ । जसमा १ सय ८७ जना पुरुष र १ सय ८३ जना महिला रहेका छन् ।

सो तथ्याङ्क साउन १ गतेदेखि आज बिहीबर दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सो अवधिमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा डेंगु संक्रमित फेला परेका छन् । त्यहाँ १ सय ४७ पुरुष र १ सय ४८ महिला गरी २ सय ९५ जनामा डेंगु पुष्टि भएको हो ।

यसैगरी, थाहा नगरपालिकाका एक जना पुरुष, मकवानपुरगढी गाउँपालिकाका १० पुरुष र ७ महिला गरी १७ जना, बागमती गाउँपालिकाका एक जना पुरुष, कैलाश गाउँपालिकाका ३ पुरुष, मनहरी गाउँपालिकाका १५ पुरुष र १२ महिला गरी २७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यसैगरी, बकैया गाउँपालिकाका ४ पुरुष र ५ महिला गरी ९ जना, भीमफेदी गाउँपालिकाका तीन पुरुष र ६ जना महिला गरी ९ जना, ठेगाना नखुलेको एक महिला र अन्य जिल्लाका ३ पुरुष र ४ महिला ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लाको थाहा नगरापालिका र राक्सिराङ गाउँपालिकामा भने हालसम्म डेंगु संक्रमित नभेटिएको जनाइएको छ ।

जिल्लामा सो अवधिमा डेंगु संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।