अमेरिकी डलरको मूल्य घट्यो, अन्यको के छ अवस्था ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ३० गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।
राष्ट्र बैंकका अनुसार, शुक्रबारको तुलनामा आज अमेरिकी ठलरको मूल्य घटेको छ । आज एक अमेरिकी डलर एकको खरिद दर १३३. ९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको थियो ।
त्यस्तै, आज युरो र युके पाउण्ड स्टर्लिङको मूल्य बढेको छ । आज युरोपियन युरो एकको खरिद दर १४८.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १७६.४८ रुपैयाँ रहेको छ । यसअघि शुक्रबार युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७१ पैसा तोकिएको थियो ।
यस्तै, आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७० रुपैयाँ रहेको छ भने बिक्री दर १७६.४८ रुपैयाँ रहेको छ ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८९.६५ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.०५ रुपैयाँ रहेको छ ।
यता साउदी रियाल एकको खरिद दर ३५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३१.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२८ रुपैयाँ रहेको छ ।