राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने

तु खबर संवाददाता
२०८१ भाद्र ३१,सोमबार १०:०५
file-photo

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ ।

यसैगरी, सभाका अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८४ को उपनियम (३) बमोजिम माननीय सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतका लागि प्रस्तुत गर्ने संसद् सचिवालयले जारी गरेको कार्यसूची उल्लेख छ ।