मकवानपुरमा २६ जना डेंगु र १२ जना स्क्रब टाइफसका बिरामी भेटिए

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा २६ जना डेंगु संक्रमित बिरामी र १२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकाका १८ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना, मनहरी गाउँपालिकाका ३ जना, भीमफेदी गाउँपालिकाका एक जना र अन्य जिल्लाका दुई जना गरी २६ जना डेंगु संक्रमण पुष्टि भएको हो ।
यसैगरी, सोही अवधिमा हेटौंडा उपमहानगरपालिकाका ८ जना, मकवानपुरगढी गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका इक जना, भीमफेदी गाउँपालिकाका एक जना र अन्य जिल्लाका एक जना गरी १२ जना स्क्रब टाइफसका बिरामी भेटिएको स्वास्थ्य कार्यालय जनाएको छ ।
आज थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या २२० पुरुष र २२३ महिला गरी ४४३ जना पुगेको छ भने स्क्रब टाइफसका बिरामी ६१ पुरुष र ११९ महिला गरी १८० जना पुगेको छ । उक्त तथ्याङ्क गत साउन महिनादेखि आज सोमबारसम्मको हो ।
कुन पालिकामा कति डेंगु संक्रमितका बिरामी भेटिए ?
-
हेटौंडा उपमहानगरपालिकामा १ सय ७२ पुरुष र १ सय ८२ महिला गरी ३ सय ५४ जना
-
थाहा नगरपालिकामा एक जना पुरुष
-
मकवानपुरगढी गाउँपालिकामा १० पुरुष र ९ महिला गरी १९ जना
-
बागमती गाउँपालिकामा एक जना पुरुष
-
कैलाश गाउँपालिकामा ३ पुरुष
-
मनहरी गाउँपालिकामा १७ पुरुष र १३ महिला गरी ३० जना
-
बकैया गाउँपालिकामा ५ पुरुष र ५ महिला गरी १० जना
-
भीमफेदी गाउँपालिकामा तीन पुरुष र ८ जना महिला गरी ११ जना
-
हाल ठेगाना नखुलेको एक महिला
-
अन्य जिल्लाका ८ पुरुष र ५ महिला १३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
कुन पालिकामा कति स्क्रब टाएफसका बिरामी भेटिए ?
-
हेटौंडा उपमहानगरपालिकामा ६७ महिला र ३७ पुरुष गरी १०४ जना
-
मकवानपुरगढी गाउँपालिकामा १७ महिला र ८ पुरुष गरी २५ जना
-
बागमती गाउँपालिकामा एक जना पुरुष
-
कैलाश गाउँपालिकामा एक जना महिला र एक जना पुरुष गरी २ जना
-
मनहरी गाउँपालिकामा ४ पुरुष र ११ जना महिला गरी १५ जना
-
इन्द्रसरोवर गाउँपालिकामा एक जना महिला
-
भीमफेदी गाउँपालिकामा एक जना पुरुष र ११ जना महिला गरी १२ जना
-
बकैया गाउँपालिकामा ८ पुरुष र ७ महिला गरी १५ जना
-
राक्सिराङ गाउँपालिकामा एक जना महिला
-
अन्य जिल्लाका एक जना पुरुष र तीन जना महिला गरी ४ जना रहेका छन् ।
जिल्लाको थाहा नगरपालिकामा भने हालसम्म स्क्रब टाइफसको बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।