रास्वपाको पहिलो राष्ट्रिय भेला आजबाट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । भेला प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने भएको हो । भेला भोलि बुधबारसम्म चल्ने जनाएको छ ।
भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लब÷लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने जनाइएको छ ।
यस्तै, भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् भने कार्यबाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।
यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय गरिनेछ ।
भेलामा देशभरबाट १ हजार ५०० बढी प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ । रास्वपाका अनुसार, निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक÷उपसंयोजक, प्रदेशको समिति÷विभाग, केन्द्रीय समिति÷विभाग÷आयोगहरूबाट प्रतिनिधित्व रहनेछ ।