संविधान दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिताको आयोजना
![](https://www.tukhabar.com/wp-content/uploads/2024/09/samajk-bikas-mantalaya.jpg)
मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार निबन्ध प्रतियोगिताको आयोजना गरेको छ । मन्त्रालयले संविधान दिवसको अवसरमा क्साम्पसस्तरीय निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा पालुङ बहुमुखी क्याम्पसकी छात्रा स्मारिका ढकाल प्रथम भएकी छन् । ‘संविधान कार्यान्वयनका ९ वर्ष उपलब्धि र चूनौती’ विषयमा शिक्षा विकास निर्देशनालय, हेटौंडा–८ को सभाहलमा भएको प्रतियोगितामा ढकाल प्रथम भएकी हुन् । उनी व्यवस्थापन संकाय प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी हुन् ।
यस्तै, प्रतियोगिताको दोस्रोमा मकवानपुर बहुमुखी क्याम्पसमा मानविकी संकायमा अध्ययनरत जमुना थिङ, वंशगोपाल माध्यामिक विद्यालय हेटौंडा–६, चौघडाकी प्रकृती पौडेल तृतीय र वंशगोपालकै सन्तोष पुडासैनी सान्त्वना हुन सफल भएका छन् ।
उक्त प्रतियोगितामा ४ जनाले मात्रै सहभागीता जनाएको निर्देशनालयका सूचना अधिकारी घनश्याम खनालले जानकारी दिए ।
प्रतियोगितामा सहभागिताको लागि मकवानपुर जिल्लाका सबै क्याम्पसलाई भदौ २४ गते नै आव्हान गरितापनि ३ वटा क्याम्पसका ४ जना विद्यार्थीले मात्रै सहभागिता जनाएको उनले बताए ।
सो प्रतियोगिताको प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने विद्यार्थीहरुले क्रमशः १० हजार रुपैयाँ, ८ हजार रुपैयाँ, ५ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उनीहरुलाई यही असोज ३ गते संविधान दिवसका दिन हुने मूल समारोहमा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।