राप्ती खोलाले बगाएर हेटौंडाका कार्कीको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित राप्ती खोलाले बगाएर आइतबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१, चाइना क्वाटर बस्ने ४९ वर्षीया दीपक कार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, कार्की चाइना क्वाटर पछाडी रहेको राप्ती खोलामा आएको बाढीले माथिबाट बगाइ ल्याएको अवस्थामा भेटिएका थिए ।
उनलाई तत्काल उद्धार गरी हेटौंडा अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।