पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध

तु खबर संवाददाता
२०८१ आश्विन १०,बिहीबार ०८:५०
file-photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडकखण्ड हाल पहिलोका कारण अवरुद्ध भएको छ ।

वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२, घट्टेपाखास्थित पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

उक्त पहिरो हटाउने प्रयास भइरहेको जनाइएको छ ।

यस्तै, हेटौंडाबाट काठमाडौंतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, मातातिर्थ, सिस्नेरी–दक्षिणकाली खण्ड, पूर्व–पश्चिम राजमार्गमा भने यातायात संचालन भइरहेको छ ।