नेपाल प्रहरीमा कार्यरत २४ कर्मचारी सम्पर्कविहीन

तु खबर संवाददाता
२०८१ आश्विन १०,बिहीबार ०९:४८

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना जारी गर्दै २४ प्रहरी कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएको हो ।

प्रहरी प्रधान कार्यालयले विभिन्न दर्जामा रहेका ती प्रहरीहरुलार्ई एक साताभि स्ष्टिीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ ।

खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै कार्यालयले उनीहरूसँग स्पष्टीकरणसहित कार्यालय उपस्थित नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी समेत कार्यालयले दिएको छ ।