कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही असोज १३ गते आइतबार बस्ने गरी आह्वान गरिएको छ ।
समसामयिक राजनीतिक सन्दर्भसँगै स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता र उम्मेदवारका सन्दर्भमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक आह्वान गरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानाकरी दिए ।
उनका अनुसार, बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको तयारी, प्रचार प्रसारसहित अन्य राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
यस्तै, बैठकमा सरकारका कामकारबाहीसहित विविध पक्षमा पनि छलफल हुने उनले बताए ।