मकवानपुरमा २३ जना डेंगु र ७ जना स्क्रब टाइफसका बिरामी भेटिए

तु खबर संवाददाता
२०८१ आश्विन १४,सोमबार १७:३९

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा २३ जना डेंगु संक्रमित बिरामी र ७ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २० जना र मनहरी गाउँपालिकाका ३ जना डेंगु संक्रमण पुष्टि भएको हो ।

यसैगरी, सोही अवधिमा हेटौंडा उपमहानगरपालिकाका ५ जना र मकवानपुरगढी गाउँपालिकाका एक जना र राक्सिराङ गाउँपालिकाका एक जना गरी ३ जनामा स्क्रब टाइफसका बिरामी भेटिएको स्वास्थ्य कार्यालय जनाएको छ ।

आज थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ४०८ पुरुष र ३६३ महिला गरी ७७१ जना पुगेको छ भने स्क्रब टाइफसका बिरामी ८० पुरुष र १५९ महिला गरी २३९ जना पुगेको छ । उक्त तथ्याङ्क गत साउन महिनादेखि आज सोमबारसम्मको हो ।

कुन पालिकामा कति डेंगु संक्रमितका बिरामी भेटिए ?

  • हेटौंडा उपमहानगरपालिकामा ३२० पुरुष र २९५ महिला गरी ६१५ जना
  • थाहा नगरपालिकामा ४ पुरुष र ५ महिला गरी ९ जना
  • मकवानपुरगढी गाउँपालिकामा १६ पुरुष र ९ महिला गरी २५ जना
  • बागमती गाउँपालिकामा एक जना पुरुष
  • कैलाश गाउँपालिकामा ६ पुरुष
  • मनहरी गाउँपालिकामा २२ पुरुष र २० महिला गरी ४२ जना
  • भीमफेदी गाउँपालिकामा ६ पुरुष र ८ जना महिला गरी १४ जना
  • बकैया गाउँपालिकामा ६ पुरुष र ५ महिला गरी ११ जना
  • राक्सिराङ गाउँपालिकामा एक पुरुष
  • हाल ठेगाना नखुलेका १२ पुरुष र १४ महिला गरी २६ जना
  • अन्य जिल्लाका १३ पुरुष र ६ महिला १९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

कुन पालिकामा कति स्क्रब टाएफसका बिरामी भेटिए ?

  • हेटौंडा उपमहानगरपालिकामा १०१ महिला र ६० पुरुष गरी १६१ जना
  • मकवानपुरगढी गाउँपालिकामा २७ महिला र ११ पुरुष गरी ३८ जना
  • बागमती गाउँपालिकामा दुई पुरुष
  • कैलाश गाउँपालिकामा एक महिला र एक पुरुष गरी २ जना
  • मनहरी गाउँपालिकामा ७ पुरुष र १३ जना महिला गरी २० जना
  • इन्द्रसरोवर गाउँपालिकामा एक महिला
  • भीमफेदी गाउँपालिकामा दुई पुरुष र १४ जना महिला गरी १६ जना
  • बकैया गाउँपालिकामा ९ पुरुष र १० महिला गरी १९ जना
  • राक्सिराङ गाउँपालिकामा २ जना महिला
  • अन्य जिल्लाका दुई पुरुष र तीन महिला गरी ५ जना रहेका छन् ।
    जिल्लाको थाहा नगरपालिकामा भने हालसम्म स्क्रब टाइफसको बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।