गोरखामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन १९,शनिबार ०९:०१
file-photo

गोरखा । गोरखामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

डेंगु संक्रमणबाट जिल्लाको सिरानचोक गाउँपालिका–७, कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गत भदौ १० गते एपोलो अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उपचार भइरहेको बेला स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारको लागि भरपुरको मेडिकल कलेज लगिएको थियो ।

उनको शुक्रबार मृत्यु भएको हो । गोरखामा अहिलेसम्म डेंगु संक्रमणका कारण दुई जनाको मृत्यु भएको जनाइएको छ ।