मकवानपुरमा बिहानै सवारी दुर्घटना, तीन जना घाइते

तु खबर संवाददाता
२०८१ आश्विन १९,शनिबार ०९:२७

मकवानपुर । मदनभण्डारी लोकमार्ग अन्तरगत मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८, साततल्लेमा आज बिहानै सवारी दुर्घटना हुँदा भएको छ ।

बिहान ७ बजेको समयमा काठमाडौंबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२०–००१ ज ४३२८ नं.को इभी गाडी (भ्यान) आफै अनियन्त्रित भई सडक छेउको नालामा खसेर दुर्घटना भएको मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार, उक्त दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा गाडी चालक धनकुटाको बुद्ध नगरपालिका–१, हिले बस्ने वर्ष ५२ को देवी थापा, गाडीमा सवार सोही ठाउँ बस्ने वर्ष ३० की प्रमिला तामाङ र काठमाडांै चावेल बस्ने वर्ष ४८ की बिना तामाङ लामा रहेका छन् ।

घाइते तीनै जनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।

दुर्घटनाग्रस्त गाडीमा चालकसहित १२ जना सवार थिए ।