झण्डै दुई हजारले साटे सुकिला नोट
काठमाडौं । पछिल्लो ६ दिनको अवधिमा झण्डै दुई हजार जनाले ‘सुकिला नोट’ साटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंका अनुसार, असोज १३ गतेदेखि आइतबारसम्म सो संख्यामा सर्वसाधारणले सुकिला नोट सहटी गरेका हुन् ।
तीमध्ये गत साता कार्यालय खुलेको पाँच दिनमा एक हजार ४९९ जनाले ‘सुकिला नोट’ सहटी गरेको थियो । यसमध्ये आइतबार २३५ जना, सोमबार दिन २८५ जना, मंगलबार दिन २७० जना, बुधबार दिन ३९० जना र शुक्रबार ३१९ जनाले नोट सटही गरेको जनाइएको छ ।
यसैगरी, आइतबार ४५० जनाले सुकिला नोट साटेका छन् । आइतबारको एक दिनमा झण्डै १५ करोड रुपैयाँ बढीको हाराहारीमा नोट सहटी भएको बैंकले जनाएको छ ।
सो रकममा पाँच रुपैयाँदेखि एक सय रुपैयाँका दरको भएको नोट सटही मात्रै समावेश गरिएको छ ।