ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन २१,सोमबार १६:१५
File Photo

तनहुँ । तनहुँमा आज ट्याक्टरले ठक्कर दिदाँ ८ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको व्यास नगरपालिका–१ गल्बुबेसीमा ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सविन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार, ट्याक्टरले ठक्कर दिँदा ती बालक गम्भी। घाइते भएका थिए । घाइते उनको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक बालक सोही वडास्थित ज्ञानगङ्गा बोडिङ स्कुलमा कक्षा २ मा अध्यनरत थिए ।

ट्याक्टर चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।